New York Community Views - 641

यो विज्ञापन हैन तर हामीलाई काम लाग्ने विषय हो।

Posted: Post at 07-20-2022 (2 years ago)

यो विज्ञापन हैन तर हामीलाई काम लाग्ने विषय हो।

विदेशमा रहँदा दॉतको समस्याले अलि बढि नै दु:ख दिने रहेछ। त्यसमाथि आफूसँग दॉतको Insurance छैन भने अझै धेरै समस्या हुने रहेछ। दुई बर्ष अघि बङ्गराले दु:ख दियो। उपचारमा जॉदा Dentist ले झिक्नु उपयुक्त भन्यो र उखेल्यो। यसपाली फेरि अर्को बङ्गरा र अघिल्लो दॉतले दु:ख दियो। निवास नजिकैको Dental Clinic मा गएँ। X-Ray गऱ्यो र उपचार खर्च बतायो। एक्स रे - $३५ Root Canalling- $४९५ Crown - ५९० Visit charge -$९५ तीन पटक सम्म जानुपर्ने। उसको चार्ज देखेर ऑखामा झल्लझली यही पेजमा भेटिएको visiting card को याद आयो र बिना उपचार त्यहॉबाट निस्किएँ। बाहिर निस्किएर कार्डमा उल्लेखित नम्बरमा फोन गरें। उताबाट नाम टिपियो र १० देखि ७ बजेसम्मको समय दियो। भोलिपल्टै त्यहॉ पुगें। करिब दुई घण्टा कुरेर $१०० मा RCT गराएँ र $३० मा filling गराएँ। न बारम्बार गैरहनु पर्ने झंझट , न महँगो सेवा। सस्तोमा सजिलो सेवा लिएँ र आनन्द मानें। दॉतको समस्या समाधान गर्न उपाय बताउने यस पेजका सदस्यहरूलाई हार्दिक धन्यवाद छ। यो विज्ञापन हैन तर हामीलाई काम लाग्ने विषय हो।

 


Please login to comment.